गृहपृष्ठ साफ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारतबीचको खेल सुरु
साफ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारतबीचको खेल सुरु
साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल भारतबीचको खेल सुरु भएको छ । विराटनगरस्थित शहिद रंगशालामा खेल सुरु भएको हो । नेपालले साफमा भारतको दबदबा तोड्दै इतिहास रच्न चाहन्छ ।
चौथो पटक भारतविरुद्ध साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गर्न लागेको नेपाललाई घरेलु मैदानमा उपाधि उचाल्ने अवसर पनि छ ।
उता, डिफेन्डिङ च्याम्पियन भारत पाँचौ उपाधिको लक्ष्यमा छ । भारतले साफ च्याम्यिनसिपको इतिहासमा कुनै खेल हारेको छैन
प्रकाशित समय १५:२२ बजे

















