गृहपृष्ठ तत्कालीन एसपी विष्टलाई धरौटीमा छाेड्न अदालतको आदेश

तत्कालीन एसपी विष्टलाई धरौटीमा छाेड्न अदालतको आदेश

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि प्रमाण नष्ट गरेको आरोप लागेका तत्कालीन एसपी दिल्लीराज विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । कञ्चनपुर जिल्ला अदालतले उनलाई साढे १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

विष्टलाई अभियुक्तलाई यातना दिएको आरोपमा ६ लाख र प्रमाण नष्ट गरेको आरोपमा साढे ४ लाख रुपैयाँ धरौटी माग गरिएको कञ्चनपुर जिल्ला अदालतका रजिष्ट्रार हरिकृष्ण अवस्थीले जानकारी दिए । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले बिष्टसँग १० लाख धरौटी माग्ने आदेश गरेको हो ।

एसपी विष्टसहित ८ जना प्रहरी अधिकारीविरुद्ध निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको र घटनाका आरोपी मानिएका दीलिपसिंह विष्टलाई यातना दिइएको भन्दै मुद्दा दायर भएको थियो । निर्मलाको गत साउनमा बलात्कारपछि हत्या भएको थियो । तर अहिलेसम्म दोषी पक्राउ पर्न सकेको छैन ।

प्रकाशित समय १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु