गृहपृष्ठ ‘विप्लव’ समूहका कोशी व्युरो इन्चार्ज ‘पुष्कर’ सहित दुई पक्राउ

‘विप्लव’ समूहका कोशी व्युरो इन्चार्ज ‘पुष्कर’ सहित दुई पक्राउ

‘विप्लव’ समूहका कोशी ब्युरो इन्चार्ज घनश्याम श्रेष्ठ ‘पुष्कर’ लाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठसहित दुई जनालाई प्रक्राउ गरिएको बताइएको छ । मोरङ क्षेत्रबाट श्रेष्ठसहित दुई जना पक्राउ परेका हुन् ।

मध्यक्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई पक्राउ गरेको तीन दिन नबित्दै प्रहरीले कोशी ब्युरो संयोजक ‘पुष्कर’लाई पक्राउ गरेको हो ।

शुक्रबार राति काभ्रेबाट विप्लव समूहका मध्य क्षेत्रीय कमान्ड इन्चार्ज ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेको थियो ।

सरकारले प्रतिबन्ध लगाएसँगै विप्लव समूहका नेता कार्यकर्तामाथि प्रहरीले निगरानी बढाएको छ ।

प्रकाशित समय १२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु