गृहपृष्ठ बानियाँटारबाट समातिए १४ जुवाडे

बानियाँटारबाट समातिए १४ जुवाडे

प्रहरीले बानियाँटारबाट १४ जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको टोलीले ४ लाख ३५ हजार नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रभागका प्रमुख (इन्सपेक्टर) मोहनविक्रम केसीको कमाण्डमा खटिएको टोलीले सोमबार जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा राम बुढाथोकी, नमिर मियाँ, आयुष गुरुङ, ईश्वरलाल श्रेष्ठ, कृष्ण गुरुङ, गोपिराज गुरुङ, हर्क गुरुङ, दाल कुमार मगर, कृष्ण श्रेष्ठ, नुरु बहादुर गुरुङ, बुद्धि तामाङ, राजाराम लामिछाने, रामवेद रिमाल, सुवास गुरुङ रहेका छन् । उनीहरुको साथबाट ६ बुक ताससमेत बरामद गरिएको छ । पक्राउ परेका उनीहरुलाई प्रभागमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय २०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु