गृहपृष्ठ पोखराबाट लागुऔषधसहित ५८ जना पक्राउ

पोखराबाट लागुऔषधसहित ५८ जना पक्राउ

pakrau-arrest-newskarobar

पोखराको लेकसाइडबाट एकै रातमा ५८ जना पक्राउ परेकाछन् । लेकसाइडको दी अफिस बारबाट लागुऔषध सहित प्रहरीले ४६ विदेशी सहित ५८ जना पक्राउ परेका हुन् । बारमा बिभिन्न इभेन्ट आयोजना गर्ने नाममा लागुऔषधको सेवन हुने गरेको गोप्य सूचनाको आधारमा छापा मार्दा केहि व्यक्तिहरुले लागुऔषध सहित सेवनकर्ता भेटिएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाह नेतृत्वमा खटिएको टोलीले आइतबार राति छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो । बार संचालक २ जना नेपाली रहेको बुझिएको छ ।

नियन्त्रणमा लिएका मध्य लागुऔषध सेवन नगरेका ४९ जनालाई उनका आफन्त तथा नजिकको व्यक्तिको जिम्मा लगाएर छाडिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले बताए । बाँकी ९ मध्य ६ जना विदेशी र ३ जना नेपालीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले बताए ।

उनीहरुको साथबाट २ सय ६० ग्राम लागूऔषध समेत बरामद गरिएको छ । प्रहरीले उनीहरुको साथबाट २ सय ग्राम चरेस जस्तो कालो पदार्थ र ६० ग्राम एम्फेटामाइन जस्तो सेतो पदार्ध ६० ग्राम बरामद गरेको हो । पक्राउ परेकाहरुलाई लागुऔषध मुद्दामा म्याद थप गरि अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ । पोखरामा केही विदेशीले यसरी लुकी छिपी अवैध व्यपार गर्दै आएको स्थानियको गुनासो छ ।

प्रकाशित समय ०७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु