गृहपृष्ठ मदिरा निषेध गर्ने मै हुँ, वाइन त छुँदै छुन्न : माधव नेपाल
मदिरा निषेध गर्ने मै हुँ, वाइन त छुँदै छुन्न : माधव नेपाल
सरकारले वार्ताको ढोका बन्द गरेको छैन
नेपाल कम्युनिस्ट पाटी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेसम्म वाइन नछोएको बताएका छन् ।
चितवनमा पत्रकारसँग उनले भने, ‘माधव नेपालले वाइन खाने कुराको कल्पनासमेत नगर्नुहोस्, म छुँदा नी छुन्न ।’ २०५२ मा पार्टीभित्र मदिरा निषेध गर्न आफूले अभियाननै चलाएको उनको भनाइ थियो ।
सो अवसरमा नेता नेपालले विप्लव समूहसँग वार्ता र संवादको ढोका बन्द नभएको बताए । वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ ।
नेता नेपालले विप्लव समूहलाई संवादका माध्यमबाट समस्या समाधान गर्न नेता सोमप्रसाद पाण्डे नेतृत्वको टोलीले प्रयास जारी राखेको बताए । राज्यले नियन्त्रण गर्ने भनेको तर सिध्याउने नभनेको उनकाे भनाइ थियो ।
प्रकाशित समय १३:१३ बजे

















