गृहपृष्ठ नेप्से कार्यालय घेराउ गर्न पुगेका शेयर लगानीकर्ताहरु पक्राउ
नेप्से कार्यालय घेराउ गर्न पुगेका शेयर लगानीकर्ताहरु पक्राउ
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) कार्यालय घेराउ गर्न पुगेका शेयर लगानीकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको भद्रकालीस्थित नेप्से कार्यालयमा पुगेका लगानीकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
शेयर लगानीकर्ताहरुले पूँजी बजार सुधार र विस्तारका माग गर्दै उनीहरु कार्यालय घेराउ गर्न पुगेका थिए । पक्राउ परेका शेयर लगानीकर्ताहरुलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।
प्रकाशित समय १३:२५ बजे

















