गृहपृष्ठ स्वास्थ्य संस्थालाई सूचिकृत हुन सरकारको आह्वान

स्वास्थ्य संस्थालाई सूचिकृत हुन सरकारको आह्वान

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थालाई सूचिकृत हुन् आह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार सूचना जारी गर्दै सरकारले स्वीकृति दिएका स्वास्थ्य संस्थालाई सूचिकृत हुन बोलाएको हो ।

कामका लागि विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहाने सबै संस्थालाई सूचिकृत गर्न सूचना निकालिएको मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरेले बताए । उनका अनुसार २०६९ सालमा २ सय २६ स्वास्थ्य संस्था सूचिकृत भएका थिए र तिनैले मात्र स्वास्थ्य परीक्षण गर्दै आएका छन् । बुधबारको सूचनासँगै अब नयाँ स्वास्थ्य संस्थाले पनि सूचिकृत हुन् निवेदन दिन सक्ने छन् ।

प्रकाशित समय ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु