गृहपृष्ठ कर्मचारी समायोजन सकियाे, २० हजार कर्मचारीको विज्ञापन छिट्टै

कर्मचारी समायोजन सकियाे, २० हजार कर्मचारीको विज्ञापन छिट्टै

nijamati_karmachari_newskarobar फाइल तस्बिर

सरकारले कर्मचारी समायोजनको सबै काम सम्पन्न गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको काम सकिएको जनाएको हो । बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री लालबाबु पण्डितले समायोजनाको काम सम्पन्न भएको घोषणा गरे ।

मन्त्रालयका अनुसार स्थानीय तहमा ६६ हजार ९ सय ८ जनामा ३१ हजार ४३ जना प्रदेशमा २२ हजार २ सय ९७ दरबन्दीमा १४ हजार ६ सय ५९ र संघमा ४८ हजार ४ सय ९ दरबन्दीमा ४० हजार ७ सय ६९ समायोजना भएका छन् ।

मन्त्री पण्डितका अनुसार रिक्त रहेका कर्मचारीको ठाउँमा छिट्टै नयाँ भर्ना खोलिने बताए । उनले २० हजार कर्मचारीका लागि लोक सेवा आयोगमार्फत छिट्टै भर्ना खोल्ने जनाकारी दिए ।

प्रकाशित समय १३:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु