गृहपृष्ठ नेपाल इन्जिनियरिङ कलेजमा अनियमितता भएको समितिको निष्कर्ष

नेपाल इन्जिनियरिङ कलेजमा अनियमितता भएको समितिको निष्कर्ष

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा आर्थिक अनियमितता भएको विषयमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिजामणि पोखरेललाई प्रतिवेदन बुझाएको हो ।

समितिले सञ्चालकहरूले आर्थिक अनियमितता गरेको निष्कर्ष सहितकाे प्रतिवेदन बुझाएको हो ।सरकारले शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

कलेजमा भएको आर्थिक अनियमितता लुकाउन ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठक विरुद्ध विशेष अदालतमा मुद्दा परेको छ । त्यस्तै कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने विरुद्ध पनि विशेष अदालतमा मुद्दा परेको छ ।

प्रकाशित समय १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु