गृहपृष्ठ प्रदेश २ मा फेरि बाहिरियो एसईईको प्रश्नपत्र, सामाजिक विषयको परीक्षा रद्द
प्रदेश २ मा फेरि बाहिरियो एसईईको प्रश्नपत्र, सामाजिक विषयको परीक्षा रद्द
प्रदेश २ मा फेरि एसईईको प्रश्नपत्र बाहिरिएको छ । प्रश्नपत्र बाहिरिए पछि एसईईको सामाजिक विषयको आजका लागि तय परीक्षा रद्द गरिएको छ । बिहीबार नै प्रश्नपत्र बाहिरिएपछि नियमिततर्फको परीक्षा स्थगित गरिएको हो ।
स्थगित परीक्षा अब चैत २३ गते हुने प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए । नियमितर्फको परीक्षा स्थगित भए पनि एक्जाम्टेडतर्फको परीक्षा भने प्रभावित भएको छैन । यसअघि हिजोमात्रै विज्ञान विषयको पश्नपत्र बाहिरिएपछि परीक्षा रद्द भएको थियो । त्यसबारे छानबिनका लागि समिति गठन भएको थियो तर छानबिन नहुँदै पुनः अर्को विषयको प्रश्नपत्र पनि बाहिरिएपछि अन्योल देखिएको छ ।
लगातार लापरबाहीपूर्ण घटना भएकाले गम्भीर छानबिन गरी दोषीमाथि कारबाही हुने निर्देशक शर्माले बताए ।
प्रकाशित समय ०८:५१ बजे

















