गृहपृष्ठ आईपीएलमा बेंगलोरको लगातार दोस्रो हार, मुम्बई विजयी
आईपीएलमा बेंगलोरको लगातार दोस्रो हार, मुम्बई विजयी
इन्डियन प्रिमियर लिग (आईपीएलमा) रोयल च्यालेन्जर्स बेंगलोरले लगातार दोस्रो हार व्यहोरेको छ । गएरातिको खलमा मुम्बई इन्डियन्सले बेंगलोरमाथि रोमान्चक जित हात पारेको हो ।
१ सय ८८ रनको लक्ष्य पक्ष्याएको बंगलोरले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १ सय ८१ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा बेंगलोरलाई जितको लागि १७ रन आवश्यक थियो । लाथिस मलिंगालाई शिवम दुबेले पहिलो बलमा छक्का हाने पनि अन्य पाँच बलमा ४ रन मात्र जोड्न सकेपछि बेंगलोर पराजित हुन पुग्यो ।
बेंगलोरका लागि डी भिलियर्सले ४१ बलमा ४ चौका र ६ छक्का सहित ७० रनमा अविजित रहेपनि हार भने टार्न सकेनन् । कप्तान विराट कोहलीले ४६ रन जोडे । योसँगै कोहलीले आईपीएलमा ५ हजार रन पुरा गरेका छन् । बेंगलोरका मोईन अली १३, पार्थिव पटेल ३१, शिम्ररोन हिटमायर ५, कोलिन डि ग्रान्डहोम २ रनमा आउट भए भने दुबे ९ रनमा अविजित रहे । मुम्बईका लागि जसप्रित बुमराहले ३ र मयंक मारकंडेले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ४८ रन जोडे । सूर्यकुमार यादव ३८, क्विन्टन डी कक र युवराज सिंहले समान २३ रन बनाए । हार्दिक पान्ड्या ३२ रनमा अविजित रहे ।
क्रुनाल पान्ड्या १, काइरान पोलार्ड ५ र मिचेल म्याकक्लेघान १ रनमात्र जोडे । बेंगलोरका लागि स्पिनर युजवेन्द्र चाहलले ४ ओभरमा ३८ रन खर्चेर ४ विकेट लिए । उमेश यादव र मोहम्मद सिराजको नाममा समान दुई विकेट रह्यो ।
प्रकाशित समय ०७:५१ बजे

















