गृहपृष्ठ विप्लव समूह निकट शिक्षक संगठन कपिलवस्तुका अध्यक्ष चौहान पक्राउ
विप्लव समूह निकट शिक्षक संगठन कपिलवस्तुका अध्यक्ष चौहान पक्राउ
नेत्र विक्रम चन्द विप्लव समूह निकट अखिल नेपाल शिक्षक संगठन कपिलवस्तुका अध्यक्ष राम निवास चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तुको मायादेवी गाँउपालिका पकडीमा रहेको छत्रपाली त्रिर्थादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई एसईई को परीक्षाका लागि ल्याएको समयमा चौहानलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रवि रावलले विप्लवका कार्यकताहरु समाउन विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको बताए पनि पक्राउको बारेमा भने जानकारी दिन मानेनन् ।
अध्यक्ष चौहान कपिलवस्तुको जनता माध्यामिक विद्यालय बलुहवाका प्रधानाध्यापक हुन् । इलाका प्रहरी कार्यालय पकडीको टोलीले चौहानलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तौलिहवा पठाएको बताइएको छ ।
प्रकाशित समय ११:४६ बजे

















