गृहपृष्ठ पैँतीस हजार घुससहित विराटनगरबाट सहायक वन अधिकृत पक्राउ

पैँतीस हजार घुससहित विराटनगरबाट सहायक वन अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवडिभिजन वन कार्यालय लाटीझोडा, मोरंङका सहायक वन अधिकृत सलाउदिन अन्सारीलाई शुक्रबार दिउँसो घुससहित पक्राउ गरेको छ ।
सहायक वन अधिकृत अन्सारीले वन पैदावार उपलब्ध गराउन सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस रकम माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले निगरानी गरेको थियो ।
निगरानीको आधारमा अन्सारीले जिल्ला वन कार्यालय मोरङ विराटनगर परिसरमा सेवाग्राहीसँग ३५ हजार घुस लिँदै गर्दा अख्तियारले पक्राउ गरेको हो । सब डिभिजन प्रमुख अन्सारीले मोरङको केराबारी गाउँपालिका र सुन्दरहरैचा नगरपालिकाभित्र पर्ने १७ वटा सामुदायिक वन र एउटा साझेदारी वन हेर्ने जिम्मेवारी पाएका थिए ।
उनले लाटीझोडा साझेदारी वन पनि हेर्दै आएका छन् । अन्सारीले सामुदायिक वनको रुख कटान गर्ने अनुमति सिफारिसपत्र बनाइदिन समितिसँग बारम्बार घुस माग्ने गरेको उजुरी इटहरीस्थित अख्तियारको कार्यालयमा पुगेको थियो ।
सामुदायिक वनको समिति र उपभोक्तासँग घुस लिएर हैरान बनाएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका डिएसपी डिल्लीनारयण पाण्डेको टोलीले सब डिभिजन प्रमुख अन्सारीलाई घुससहित नियन्त्रणमा लिएको हो ।

प्रकाशित समय १९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु