गृहपृष्ठ नेपाल भारत हस्तकतला प्रदर्शनी शनिबारदेखि, दुई देशको हस्तकला व्यापार बढाउने लक्ष्य
नेपाल भारत हस्तकतला प्रदर्शनी शनिबारदेखि, दुई देशको हस्तकला व्यापार बढाउने लक्ष्य
साउथ एसिया फाउण्डेसन र साउथ एसिया फाउण्डेसन नेपाको पहलमा शनिवारदेखि ४ दिने नेपाल भारत हस्तकला प्रदर्शनी हुने भएको छ । मेलाको सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपाल र भारतको हस्तकलाको दुइपक्षीय सम्बन्ध विस्तार तथा लागीगढको अनुभव साटासाट गर्न प्रदर्शनीले महत्वपूर्ण योगदान निर्वाह गर्ने विश्वास छ । ठमेल स्थित छाया सेन्टरको कोर्ट यार्डमा आयोजना हुने उक्त प्रदर्शनीमा नेपाल र भारतको हस्तलाको विषेशता तथा संस्कृतीका बारेमा बृहत रुपमा जानकारी दिइनेछ ।
प्रदर्शनीमा नेपाली तथा भारतीय कालीगढले बनाएका एक्सक्लुसिभ कलाकृतिको प्रदर्शनी हुनेछ । त्यसका साथै प्रदर्शनीमा कालीगढले आफ्ना कला कौशल प्रत्यक्ष रुपमा प्रदर्शन गर्नेछन् ।
प्रदर्शनीमै खरिदकर्ता तथा बिक्रीकर्ताको भेटघाट गराइनेछ । यसले दुइ देशबीचको हस्तकलाको ब्यापारमा सहजता अभिवृद्धि गर्न टेवा पुर्याउने विश्वास आयोजकको छ ।
नेपाल भारत हस्तकला प्रदर्शनीलाई भारत सरकारको टेक्सटायल मन्त्रालयको प्रायोजन गरेको छ । त्यसै गरी काउन्सील अफ हेण्डीक्राफ्ट डेभलपमेन्ट कर्पोरेसन र भारत सरकारको डेभलपमेन्ट कमिसनर तथा साउथ एशिया फाउण्डेसनको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीलाई भारतीय राजदुतावस, नेपाली दुतावास नयाँ दिल्ली तथा विपि कोइराला भारत नेपाल फाउण्डेसनको समेत सहयोग रहेको छ ।
प्रदर्शनीमा नेपाल र भारतका गरी करिव २० जातीका ८० भन्दा धेरै कालीगडको सहभागिता रहनेछ । त्यसमा नेपालका विभिन्न क्षेत्रवाट ३० कालिगढ सहभागी हुनेछन् । साथै प्रदर्शनीमा डिजाइन डेभलपेमन्ट वर्कसप समेत सञ्चालन हुनेछ ।
प्रकाशित समय १९:०३ बजे

















