गृहपृष्ठ १५ लाख भारतीय रुपैयाँ चोर्ने एक नेपाली पक्राउ

१५ लाख भारतीय रुपैयाँ चोर्ने एक नेपाली पक्राउ

pakrau-arrest-newskarobar

भारतमा १५ लाख भारतीय रुपैयाँ चोरेर भागेका एक नेपाली पक्राउ परेका छन् ।

भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय नीरजबहादुर चन्दलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

चोरेर ल्याएको रकममध्ये डेढ लाख मात्रै नगद फेला परेको छ । अरु रकमका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु