गृहपृष्ठ प्रदेश सरकारले राहतस्वरुप मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने

प्रदेश सरकारले राहतस्वरुप मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने

प्रदेश दुईको मन्त्रिपरिषद्को बैठकले भीषण हावाहुरीका कारण ज्यान गुमाउनेका परिवारलाई राहतस्वरुप तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

सोमबार बिहानै जनकपुरधाममा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । बैठकले घटनाप्रति गहिरो शोक प्रकट गरेको छ । बैठकले विपतिमा परेर घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने पनि जनाएको छ ।

प्रकाशित समय ०७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु