गृहपृष्ठ प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्रमा
प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्रमा
राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । पूर्वमा रहेका प्रधानमन्त्री ओली साेमबार हेलिकोप्टरबाट हावाहुरी प्रभावित क्षेत्रमा पुगेका हुन् ।प्रधानमन्त्री ओलीले सबैभन्दा धेरै प्रभावित बाराको फेटाको निरीक्षण गरेका हुन् ।
प्रधानमन्त्रीको साथमा गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सहरी विकास मन्त्री मोहम्द इस्तियाक राई र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ पनि गएका थिए ।प्रधानमन्त्री ओलीले कलैया अस्पताल पुगेर घाइतेहरुको स्वास्थ अवस्था समेत बुझेका थिए ।निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिएका थिए ।




तस्बिर : कृष्ण पौड्याल, प्रधानमन्त्री कार्यालय
प्रकाशित समय १५:२० बजे

















