गृहपृष्ठ आँधीहुरी प्रभावितका लागि नेकपाका सांसदले १ दिनको तलब दिने

आँधीहुरी प्रभावितका लागि नेकपाका सांसदले १ दिनको तलब दिने

बारा र पर्साका आँधीहुरीका प्रभावितलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले १ दिनको तलब दिने भएका छन् । नेकपाका सांसदहरूले विपदमा मृत्यु भएका व्यक्ति परिवारलाई राहत, घाइतेको उपचारका लागि १ दिनको तलब दिने घोषणा गरेका हुन् ।

नेकपाको संघीय संसदीय दलको कार्यालयले सोमवार जारी गरेको विज्ञप्तिमा नेकपाका संघीय दलका पदाधिकारी तथा सम्पूर्ण सांसदको तर्फबाट १ दिनको पारिश्रमिक बराबर प्राप्त हुने रकम राहतस्वरूप उपलब्ध गराउने निर्णय भएको व्यहोरा उल्लेख छ ।

प्रकाशित समय १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु