गृहपृष्ठ हावाहुरी पीडितलाई बाबुराम भट्टराईले आधा महिनाको तलब दिने
हावाहुरी पीडितलाई बाबुराम भट्टराईले आधा महिनाको तलब दिने
फाइल तस्बिर
नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् प्रतिनिधिसभा सांसद डा. बाबुराम भट्टराईले हावाहुरी पीडितलाई राहतस्वरुप १५ दिनको तलब दिने भएका छन् । पार्टीपंक्तिमा तीन बुँदे सर्कुलर गर्दै बारा र पर्सा जिल्लाका हावाहुरी पीडितका लागि पूर्वप्रधानमन्त्री भट्टराईले आधा महिनाको तलब दिने बताएका हुन् ।
उनले प्रभावित जिल्लाका नागरिकको उद्धार, राहत र पुनःस्थापनामा तन, मन र धनले लाग्न पार्टी पंक्तिलाई आह्वान पनि गरेका छन् । ‘बारा–पर्सामा भीषण आँधिबेहरीले पुर्याएको अकल्पनीय क्षतिप्रति हाम्रो पार्टी अत्यन्त दुखित छ र विपत्तिमा परेका जनताको उद्धार, राहत र पुनःस्थापनामा सम्पूर्ण पार्टीपंक्ति तन, मन र धनले लागी पर्न जरूरी छ ।’
प्रकाशित समय ११:१६ बजे

















