गृहपृष्ठ सर्वोच्चको न्यायाधीशमा ५ जनाको नाम सिफारिस

सर्वोच्चको न्यायाधीशमा ५ जनाको नाम सिफारिस

न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनालाई नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्को मंगलबार बसेको बैठकले प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डाक्टर मनोजकुमार शर्मालाई न्यायाधीशका लागि सिफारिस गरेको हो ।

सिफारिसमा परेका ढुंगाना उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन्। त्यस्तै माथेमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हुन् भने अन्य अधिवक्ताहरु सर्वोच्चमा सिफारिस भएका छन् ।

सिफारिस भएका मध्ये कुमार रेग्मी वरिष्ठ अधिवक्ता हुन् । फुयाँल र शर्मा भने अधिवक्ता हुन् । यसैगरी परिषदले उच्च अदालतमा १८ जनाको नाम न्यायाधीशका लागि सिफारिस गरेको छ ।

प्रकाशित समय १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु