गृहपृष्ठ झुन्डिएर यात्रा गर्ने ट्राफिक प्रहरीलाई कारबाही गर्छौं : महाशाखा
झुन्डिएर यात्रा गर्ने ट्राफिक प्रहरीलाई कारबाही गर्छौं : महाशाखा
माइक्रो बसमा झुन्डिएर यात्रा गर्ने ट्राफिक प्रहरीलाई कारबाही हुने भएको छ । मंगलबार बिहान काठमाडौंको मित्रपार्कमा माइक्रो बसमा झुन्डिएर यात्रा गरेको समाचार न्युज कारोबारमा प्रकाशित भएपछि ती टाफ्रिक प्रहरीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गर्ने भएको हो ।
सामाजिक सञ्जाल ट्विटरमा महाशाखाले लेखेको छ, ‘हामी उक्त ट्राफिक प्रहरी कर्मचारीलाई कारबाहीको दायरामा ल्याउछौं ।’ बर्दीमा रहेका ट्राफिक प्रहरी माइक्रो बसमा झुन्डिएर यात्रा गरेको तस्बिर न्युज कारोबारले खिचेको थियो ।
यो पनि पढ्नुस्
ट्राफिक प्रहरीलाई चाहिँ नियम लाग्दैन ?
प्रकाशित समय १५:३७ बजे

















