गृहपृष्ठ सन्दीप बने सन् २०१९ मा सर्वाधिक विकेट लिने क्रिकेटर
सन्दीप बने सन् २०१९ मा सर्वाधिक विकेट लिने क्रिकेटर
नेपाली युवा बलर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सोमबार रातिको भएको इन्डियन प्रिमियर लिगमा किंग्स इलाभेन पञ्जाबविरूद्ध चार ओभरमा २७ रन खर्चेर दुई विकेट थपेसँगै सन्दीपले सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा अग्रता लिएका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिएका छन् । सन्दीपले पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी, अफ्गानिस्तानका रासिद खान र बंगलादेशका सकिब अल हसनलाई पछि पारेका छन् । सन् २०१९ मा अफ्रिदीले २६, रासिदले २५ र सकिबले २४ विकेट लिएका छन् ।
सन् २०१९ को जनवरीयता सन्दीपले बंगलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट खेल्दै चार विकेट र यूएईसँगको तीन टि–२० सिरिजमा पाँच विकेट लिन सफल भएका थिए । यूएईसँगको सिरिजपछि पुनः अस्ट्रेलियाको बिग ब्यास लिग खेलेका उनले चार विकेट लिएका थिए । त्यसैगरी, पाकिस्तान सुपर लिगमा सन्दीपले ११ विकेट लिएका थिए ।
प्रकाशित समय १४:३२ बजे

















