गृहपृष्ठ ठूला नेता, उच्चपदस्थ कर्मचारी र पूर्वभिआईपी अख्तियारको निगरानीमा ?

ठूला नेता, उच्चपदस्थ कर्मचारी र पूर्वभिआईपी अख्तियारको निगरानीमा ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राज्यको ढुकुटीकाे दाेहन गर्ने ठूला नेता, उच्च पदस्थ कर्मचारी र पूर्वपदाधिकारीमाथि छानबिन भइरहेको जनाएको छ । यस्ता सय जनाको नाम तयार गरी अनुसन्धान भइरहेको अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले बताए । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा आयोगका प्रमुख आयुक्त घिमिरेले राजनीतिक नेतादेखि उच्चपदस्थ कर्मचारी तथा पूर्वपदाधिकारीसमेत रहेको बताए ।

सामान्य घटनाको मात्रै पछि लागेको भन्दै अख्तियार नेतृत्वको आलोचना भइरहेका बेला अकूत सम्पत्ति आर्जन गर्ने पहुँचवालाहरुमाथि छानबिन थालिएको घिमिरेले ‘मिनि संसद’ अर्थात् समितिमा जानकारी गराएका हुन् । अख्तियार नेतृत्वमाथि कसैको दबाब नरहेको दाबी गर्दै घिमिरेले दोषी कसैलाई पनि नछाड्ने दोहोर्याए ।

अख्तियार चुप लागेर नबसेको भन्दै अकूत सम्पत्तिका विषयमा प्रारम्भिक छानबिन भइरहेको उनले बताए । अख्तियार हजारवाला घुसको पछि लाग्ने गरेको तर अर्बौं राज्यकोष लुट्नेले उन्मुक्ति पाउँदै गरेको भन्ने आरोपबारे सांसदहरुले जिज्ञासा राखेका थिए ।

प्रकाशित समय १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु