गृहपृष्ठ नदीले बगाएर बेपत्ता भएका चर्मकार मृत भेटिए

नदीले बगाएर बेपत्ता भएका चर्मकार मृत भेटिए

death-newskarobar

खोटाङको ऐसेलुखर्क गाउँपालिका–४, दुधकोशी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता भएका भरत चर्मकारको शव फेला परेको छ । थुलुङ दुधकोशी गाउँपालिका–४ का २५ वर्षीय चर्मकार सोमबार दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता भएका थिए ।

नदीले बगाएर बेपत्ता भएका उनलाई प्रहरी र स्थानीयवासीले खोजतलास गर्दा मंगलबार दुधकोशी गाउँपालिका–३, मैङखु बेँसीमा मृत अवस्थामा फेला पारेको जनाइएको छ । शवलाई पोस्टमार्टमका जिल्ला अस्पताल सोलुखुम्बु पठाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु