गृहपृष्ठ कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान वरिष्ठ पत्रकार नेपाललाई
कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान वरिष्ठ पत्रकार नेपाललाई
वरिष्ठ पत्रकार किशोर नेपाल कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मानबाट सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीद्धारा संचालित, सूर्य प्रेम बहुउदेश्यीय समाजसेवा ट्रष्टले स्थापना गरेको उक्त सम्मानबाट नेपाल सम्मानित भएका हुन् । सम्मानसँगै १ लाख ११ हजार १ सय ११ रुपैयाँ पत्रकार नेपाललाई प्रदान गरिएको छ । महासंघ कास्कीका सल्लाहकार बद्रिवीनोद प्रतिकको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले दिएको सिफारिसका आधारमा नेपाललाई सम्मानित भएका हुन् ।
प्रकाशित समय ०९:०६ बजे

















