गृहपृष्ठ आँधी-हुरीबाट २४०४ घरमा क्षति

आँधी-हुरीबाट २४०४ घरमा क्षति

१०६२ परिवार पूरै विस्थापित

Bara_NewsKarobar

आइतबार साँझ बारा र पर्सा जिल्लामा आँधी-हुरी तथा असिनापानीका कारणले कुल २४०४ घरका साथै ३ वटा स्कुल, एउटा स्वास्थ्य चौकी,  २ वटा मन्दिर-मस्जिद भत्किएको गृहमन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयमातहतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले बुधबार जारी गरेको बुलेटिनअनुसार बारा जिल्लामा सबैभन्दा धेरै क्षति भएको छ, जहाँ १ हजार ८९५ घरहरू भत्केका छन् । तीमध्ये ९४० घरहरू पूर्ण रूपमा भत्केका छन् भने ९५५ घरहरू आंशिक रूपमा भत्केका छन् ।

यस्तै पर्सामा आँधी-हुरीबाट ५०९ घरहरू भत्केका छन् ।तीमध्ये १२२ घरहरू पूर्ण रूपमा भत्केका छन् भने ३८७ घरहरू आंशिक रूपमा भत्केका छन् । आँधी-हुरीबाट तीन वटा उद्योगमा पनि ठूलो क्षति पुगेको केन्द्रले जनाएको छ । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार क्षतिको विवरण संकलनका लागि एसेसमेन्ट कोअर्डिनेसन टिम (एसीटी) खटिइसकेको छ भने भौतिक एवं आर्थिक क्षतिको विस्तृत विवरण संकलन थालिएको छ ।

आँधी-हुरीबाट सबैभन्दा प्रभावित क्षेत्रहरूमा बाराका कलैया उप-महानगरपालिका १२ र १८, फेटा गाउँपालिका १, ६ र ७, सुवर्ण गाउँपालिका १, ४, ५ र ८, प्रसौनि गाउँपालिका ४ र ६, महागढीमाई नगरपालिका ७, देवताल गाउँपालिका.- ७, पचरौता नगरपिलका ७ र २, परवानीपुर गाउँपालिकाको ४ नम्वर वडाका बस्तीहरू रहेका छन् ।

यस्तै, पर्साका वीरगंज महानगरपालिका वडा नम्वर १८ र २२ बौदरमाई नगरपालिका ४ का बस्तीहरू रहेका छन् ।

आँधी-हुरीबाट २८ जनाको मृत्यु भएको थियो भने ६७८ जना घाइते भएकामा ४४४ घाइतेहरु उपचारपछि घर फर्किसकेका जनाइएको छ ।

 

बारा जिल्लामा भएको भौतिक क्षति

सि.नं. स्थानिय तह वडा/स्थान क्षति प्रकार कुल संख्या क्षति किसिम आर्थिक क्षति रु. कैफियत
पूर्ण आंशिक
1. कलैया उप-म.न.पा. १२/ धर्मनगार ईटा उद्योग २ २ – ५० लाख मृतक- ४ जना
व्यक्ति घर १० १ ९ १६००००
१८/मनगढवा व्यक्ति घर ३० २४ ६ – मृतक- १
2. फेटा गा.पा १/भरवलिया व्यक्ति घर १९० १३० ६० – मृतक- १८

(वडा १ मा ६ र वडा ६ मा १२)

ईटा उद्योग १ १ – –
६/पुरैनिया व्यक्ति घर ८० ५५ २५ –
७/गम्हरिया व्यक्ति घर १५ ९ ६ –
स्वास्थ्य चौकी १ १ – –
3. सुवर्ण गा.पा. १/वगही र चरमोहना व्यक्ति घर ८१ ६२ १९ –
४/हर्दिया व्यक्ति घर १७६ ९४ ८२ – मृतक- १
५/औरहिया व्यक्ति घर ५७ ३० २७ –
८/परशुरामपुर व्यक्ति घर १२० ७५ ४५ – मृतक- १
4. प्रसौनी गा.पा. ४/खुट्वा व्यक्ति घर १७५ ६० ११५ – मृतक- १
६/भलुवी चौक उत्तर व्यक्ति घर १९ ८ ११ –
5. महागढीमाई न.पा. ७/तेलगाई व्यक्ति घर ८६ २९ ५७ – मृतक- १
6. देवताल गा.पा. ७/रामपुर्वा व्यक्ति घर १२५ ४० ८५ –
7. पचरौता न.पा. ७/बेनौली व्यक्ति घर १६८ १६ १५२ –
२/बैरिया व्यक्ति घर ११ ३ ८ –
8. परवानीपुर गा.पा. ४/चैनपुर, शिबपुर, रामटोल, विर्ताटोल व्यक्ति घर ५४८ ३०० २४८ –
जम्मा (ईटा उद्योग- ३ र स्वास्थ्य चौकी- १ समेत) १८९५ ९४० ९५५   मृतक- २७

पर्सा जिल्लामा भएको भौतिक क्षति

घर क्षति अन्य संरचना क्षति
पूर्ण आंशिक विद्यालय उद्योग मन्दिर/मस्जिद
१२२ ३८७ ३ ३ २

 

प्रकाशित समय १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु