गृहपृष्ठ सरकार गफ गर्न होइन काम गर्न बनेको हो : प्रधानमन्त्री

सरकार गफ गर्न होइन काम गर्न बनेको हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार गफ गर्न होइन काम गर्न बनेको बताएका छन् । काठमाण्डौमा सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक वर्षमा धेरै काम गरेको  दाबी गरे । प्रतिपक्षी कांग्रेसले सरकारले केही नगरेको भन्दै आलोचना गरिरहेको बेला प्रधानमन्त्री ओलीले सरकारको बचाउ गरेका हुन् ।

‘सरकारले एक वर्षमा धेरै काम गरेको छ, सरकार गफ गर्न हैन काम गर्न बनेको हो’, उनले भने । प्रधानमनत्री ओलीले एक वर्षमा झोलुङ्गे पुल बनेको र तुइनहरु फालिएका बताए ।

सबै तहका सरकार जनताको मन जितेर बनेको भन्दै उनले जनताको भावना अनुसार काम भइरहेको बताए । सार्वभौमसत्ता सम्पन्न नागरिकलाई कसैले रैती बनाउन नसक्ने प्रधानमन्त्रीको भनाइ छ ।

प्रकाशित समय १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु