गृहपृष्ठ अनशनको तयारीमा रहेका अस्थायी शिक्षक पक्राउ
अनशनको तयारीमा रहेका अस्थायी शिक्षक पक्राउ
अनशनको तयारी गरेका अस्थायी शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघर मण्डलामा अनशनको तयारी गरिरहेका १५ शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो ।
सो क्षेत्र निषेधित भएकाले प्रहरीले पक्राउ गरेको हो । अस्थायी शिक्षक सङ्घर्ष समितिका प्रदेश नं ३ का संयोजक बहादुरसिंह लामाले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको बताए ।
प्रकाशित समय १३:३६ बजे

















