गृहपृष्ठ सरकारी चिकित्सकहरु आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प पार्ने

सरकारी चिकित्सकहरु आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प पार्ने

सरकारी चिकित्सकहरुले आन्दोलनको घोषणा गरेका छन् । सरकारले सहमतिविपरीत कर्मचारी समायोजनको सूची प्रकाशित गरेपछि चिकित्सकहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

चिकित्सकहरुले शुक्रबार (भोलि ) बाट देशैभरका आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । सरकारी चिकित्सक संघ (गोदान) ले आन्दोलनको नेतृत्व गरेको छ ।

संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले कर्मचारी समायोजनको सूचीमा आफूहरुसँग सरकारले गरेको सम्झौता विपरित समायोजन भएकोले बाध्य भएर आन्दोलन गर्नु परेको बताए ।

प्रकाशित समय १३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु