गृहपृष्ठ हावाहुरी पीडितलाई नयाँ शक्तिको पाँच लाख सहयोग

हावाहुरी पीडितलाई नयाँ शक्तिको पाँच लाख सहयोग

नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले बारा पर्साका हावाहुरी पीडितलाई पाँच लाख रुपैयाँ प्रदान गरेका छन् । उनले प्रदेश २ का मन्त्री जितेन्द्र सोनाललाई भेटी उक्त रकम प्रदान गरेका हुन् ।

मुख्यमन्त्री काठमाडौं रहेकाले मन्त्री सोनाललाई रकम प्रदान गरिएको भट्टराईले ट्वीटमार्फत् जनाएका छन् । भट्टराईले यसअघि आफ्नो आधा महिनाको तलब दिने घोषणा गरेका थिए ।

प्रकाशित समय १५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु