गृहपृष्ठ प्रदेश ५ मा सबैभन्दा धेरै एनआईसी एशिया बैंककाे शाखा

प्रदेश ५ मा सबैभन्दा धेरै एनआईसी एशिया बैंककाे शाखा

प्रदेश नम्बर ५ मा एनआईसी एशिया बैंकको शाखा धेरै रहेको छ । १२ वटा जिल्लामा सबैभन्दा बढि एनआईसी एशिया बैंकको शाखा रहेको हो । एनआईसी एशिया बैंक प्रदेश ५ बुटवल कार्यालयले विहिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी सबैभन्दा बढि शाखाहरु एनआईसी एशियाको भएको जनाएको हो ।

बैंकका प्रदेश ५ कार्यालय प्रमुख तिलक शुन्दर कार्कीले हाल ५१ वटा शाखाहरु १२ वटा जिल्लामा सञ्चालन गर्न सफल भएको जानकारी दिए । उनले अधिकांश स्थानीय तहमा पनि एनआईसी एशियाका शाखाहरु रहेको जानकारी दिए ।

एनआईसी एशियाले प्रदेश ५ मा कुल १९ अर्बको लगानी गरेको जनाएको छ भने कुल १३ अर्ब रकम निक्षेप संकलन गर्न सफल भएको छ । १ लाख ९० हजार ग्राहकहरु प्रदेश नम्बर ५ मा रहेको बैंक का प्रदेश ५ प्रमुख कार्कीले जानकारी दिए ।

एनआईसी एशिया बैंकले १५ खालका नयाँ बचत निक्षेप योजना ल्याएको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस विषयमा जानकारी दिएको हो ।
बैंक स्थापनाको २२ वर्ष पुग्न लागेको अवसर पारेर बैंकले उच्च ब्याजदरका निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।

सबै तह र तप्काका ग्राहकहरुलाई उपयुक्त ‘चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक विद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता तथा कर्मचारीहरुलाई केन्द्रित गरी ल्याईएको चमत्कारिक तलब बचत खाता आम जनमानसको बचत गर्ने बानीलाई अभिवृद्धि गर्ने बैंकको विश्वास छ ।

उल्लेखित निक्षेप योजनाहरुमा ग्राहकहरुले १५ लाखसम्मको दुर्घटना बिमा र १५ लाख सम्मको १८ घातक रोगहरुको बिमा तथा १ लाख ५० हजार सम्मको औषधि उपचार बिमा सुविधा समेत प्राप्त गर्न सक्नेछन् । साथै कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याइएको उक्त योजनाहरुमा २२ चमत्कारिक फाइदासहित ल्याइएको योजनालेसबै क्षेत्र, भेग, तह र तप्कालाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

यी चमत्कारिक बचत निक्षेप खाता बैंकको मुलुकभरी रहेको आफ्ना २ सय ८१ वटै शाखा कार्यालय तथा अनलाइनबाटै सहज रुपमा खोल्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित समय १५:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु