गृहपृष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो सुनसहित ४ भारतीय पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो सुनसहित ४ भारतीय पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै ६ किलो सुनसहित ४ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

उनीहरु थाई एअरवेजको विमानमार्फत काठमाण्डौं आएका हुन् । पक्राउ पर्नेमा जतिन जैन, सरिता जैन, बबिता गर्ग, र सुनिता रहेको विमानस्थल सुरक्षा कार्यालय अपराध अनुसन्धान शाखाले जनाएको छ । ५ किलो ८ सय १४ ग्राम सुनको विभिन्न गरगहना बनाएर ल्याइएको छ जसमा सुन भन्ने नचिनाउन विभिन्न जलपको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

विमानस्थल सुरक्षा कार्यालय अपराध अनुसन्धान शाखाका अनुसार बाला र सिक्री २६ थान बरामद भएको छ । बरामद सुनको बजार मूल्य २ करोड ९ लाख ८ हजार दुइ सय रहेको बताइएको छ ।

थाई एअरवेजबाट यसअघि पनि ठूलो मात्रामा सुन भित्रिने गरेको थियो ।

प्रकाशित समय ०७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु