गृहपृष्ठ डोल्पामा हिउँपहिरोमा परेका तीन जना अझै बेपत्ता
डोल्पामा हिउँपहिरोमा परेका तीन जना अझै बेपत्ता
प्रतिकात्मक तस्बिर
माथिल्लो डोल्पामा हिमपहिरोमा परी तीन जना बेपता भएका छन् ।
माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बास्थित चैत १७ गते कैलाश पर्वतमा तीर्थव्रतका लागि जाँदै गर्दा तीन बेपता भएका हुन् । शे–फोक्सुण्डो गाउँपालिका–३ का फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ बेपत्ता रहेको बताइएको छ ।
भारी मात्रामा हिउँ परिहरहेकाले घटनास्थलसम्म पुग्न समस्या भएको डोल्पा प्रहरीले जनाएको छ ।
प्रकाशित समय १०:०७ बजे

















