गृहपृष्ठ नवलपरासीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
नवलपरासीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
पूर्वी नवलपरासीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
मध्यविन्दु नगरपालिकाको अरुणखोला र दुम्किबासबीचको जंगलमा ना ८ ख १८४५ नम्बरको ट्रकले लु४१प १७२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा देवचुली नगरपालिका सिर्जना चोक बस्ने २२ वर्षीय टिकाराम महतोको ज्यान गएको हो । महतोको जिल्ला अस्पताल भरतपुरमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटरमा पछाडि सवार भरत गरै गम्भीर घाइते छन् ।
प्रकाशित समय ११:३५ बजे

















