गृहपृष्ठ हावाहुरी प्रभावितलाई एनआईसी एशिया बैंकको सहयोग
हावाहुरी प्रभावितलाई एनआईसी एशिया बैंकको सहयोग
एनआईसी एशिया बैंकले बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा राहत वितरण गरेको छ ।
बैंकले फेटा गाउँपालिका पुरनियाँ, बलही, बबुलियालगायत गाउँमा हुरी प्रभावितलाई ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, खाद्यान्न तथा अत्यावश्यक सामग्री प्रदान गरेको हो । सो राहत सामाग्री गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादलाई बैंक सञ्चालक समितिका सदस्य विनोदकुमार प्याकुरेलले हस्तान्तरण गरेका थिए ।
सानो सहयोगले सो क्षेत्रका पीडित जनताका लागि तत्काल केही राहत पुग्ने बैंकको विश्वास छ ।
प्रकाशित समय ११:१२ बजे

















