गृहपृष्ठ देशभरकै मौसममा बदली, हावाहुरी र मेघ गर्जनसहित वर्षा
देशभरकै मौसममा बदली, हावाहुरी र मेघ गर्जनसहित वर्षा
काठमाडौंसहित देशैभरको माौसमा बदली भई अहिले हावाहुरी र मेघ गर्जनसहित वर्षा भइरहेको छ ।
अब केही घण्टा हावाहुरी र चट्याङसहित वर्षा हुुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी जिल्ला दार्चुला र पूर्वको ताप्लेजुङ आसपासमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको महाशाखाले जनाएको छ । आजै केही घण्टा पानी परेपछि मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको छ । आइतबार र सोमबार भने मौसममा सुधार आउने सम्भावना नरहेको महाशाखाको भनाइ छ ।
पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले देशैभरको मौसममा बदली आएको हो । वर्षासँगै चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।
प्रकाशित समय ०७:३१ बजे

















