गृहपृष्ठ चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
सांकेतिक तस्बिर ।
चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार बिहान ट्रकको ठक्करबाट भरतपुर महानगरपालिका १८ का ३२ बर्से मेघलाल तामाङको मृत्यु भएको हो ।
ना६ख ६५६६ नम्बरको ट्रकले ना ६३ प ८२६ नम्बरको स्कुटरलाई मालपोत चोकनजिकै ठक्कर दिँदा तामाङ गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १३:४१ बजे

















