गृहपृष्ठ अर्धमहाकुम्भ मेला उद्घाटन गर्न गएनन् प्रधानमन्त्री ओली
अर्धमहाकुम्भ मेला उद्घाटन गर्न गएनन् प्रधानमन्त्री ओली
फाइल तस्बिर
सुनसरीको चतरामा हुन लागेको अर्धमहाकुम्भ मेला उद्घाटन गर्न जाने कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले रद्द गरेका छन् । प्रतिकुल मौसमका कारण प्रधानमन्त्री ओली अर्धमहाकुम्भ मेला उद्घाटन गर्न नगएका हुन् ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतना अधिकारीका अनुसार लगातारको वर्षाका कारण अन्तिम समयमा उद्घाटन कार्यक्रम रद्द गरिएको हो । यद्यपि, प्रधानमन्त्रीले आफ्नो लिखित सम्बोधन पठाएका अधिकारीले बताए । प्रधानमन्त्री नजाने भएपछि अर्धकुम्भ मेलाको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन् ।
प्रकाशित समय १३:४९ बजे

















