गृहपृष्ठ जुम्ला विमानस्थल २० दिन बन्द हुने

जुम्ला विमानस्थल २० दिन बन्द हुने

जुम्ला विमानस्थल २० दिनका लागि बन्द हुने भएको छ । विमानस्थको लस्तरोन्नति गर्नका लागि २० दिनका लागि बन्द गर्न लागिएको जुम्ला विमानस्थल प्रमुख कैलाश शर्मा बताए ।

उनका अनुसार विमानस्थलको रनवे र पार्किङतर्फ घास उम्रनेदेखि पहिले गरेको कालोपत्रे उप्किसकेकाले स्तरउन्नति गर्न लागिएको छ ।

यसअघि २०७५ कार्तिकमा विमानस्थल बन्द गरी स्तरोन्नतिका काम गरिएको थियो । विमानस्थल २० दिन बन्द हुने भएपछि जुम्लादेखि सुर्खेत, नेपालगञ्जसम्मको हवाई सेवा प्रभावित हुने भएको छ । जुम्लामा तारा, सीता, समिट र नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने गरेका छन् ।

प्रकाशित समय ०६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु