गृहपृष्ठ पूर्वसभासद बीपी यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ

पूर्वसभासद बीपी यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ

pakrau-arrest-newskarobar

राजपा नेपालका केन्द्रीय सदस्य एवं पूर्वसभासद बीपी यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ परेका छन् ।

सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समितिमार्फत बैंक खाता खोलेको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ । सभासद् भएको बेलामा उनी रातो पासपोर्ट दुरुपयोग गरेको विषयमा विवादमा तानिएका थिए ।

प्रकाशित समय १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु