गृहपृष्ठ अपांगता भएका छोराको हत्या आरोपमा बाबु पक्राउ

अपांगता भएका छोराको हत्या आरोपमा बाबु पक्राउ

दोलखा

pakrau-arrest-newskarobar

अपांगता भएको छोराको हत्या गरेको आरोपमा दोलखा शैलुङ गाउँपालिका–४ का ४४ वर्षीय चुडाबहादुर रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

२२ वर्षीय छोरा बेदबहादुर रेग्मीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेपछि बाबु चुडाबहादुरलाई प्रहरीले पक्राउ गरेको हो । घरमा दिशा पिशाव गरी फोहर गरेको झोकमा बुधबार छोरा बेदबहादुरको टाउकोमा हतौडा प्रहार गरी हत्या गरेको र कम्बलमा पोको पारेर खहरे खोलामा फालेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु