गृहपृष्ठ एक वर्षमा पुनर्निर्माणको काम सक्छौं : प्रधानमन्त्री

एक वर्षमा पुनर्निर्माणको काम सक्छौं : प्रधानमन्त्री

kp-oli-newskarobar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम एक वर्षमा पूरा हुने बताएका छन् । गोरखा भूकम्प गएको चार वर्ष पूरा भएको दिन प्रधानमन्त्री ओलीले पुनर्निर्माणको काम एक वर्षमा पूरा हुने बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘चार वर्षअघिको विनाशकारी भूकम्पले हामीलाई सुरक्षित आवास र भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठः सिकाएको छ–सयौं वर्ष अघिदेखिका संरचनाहरु एकैछिनमा ढल्छन् र तिनीहरुको पुनर्निर्माण गर्न वर्षाै लाग्छ। हामीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अवको एक वर्षमा पूर्णतामा पुर्याउँछौं ।’

२०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर विनासकारी भूकम्प गएको चार वर्ष पुग्दा पनि पुनर्निर्माणको काम सुस्त भएको भन्दै सरकारको आलोचना भइरहेको छ ।

प्रकाशित समय ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु