गृहपृष्ठ चीनले दिने १६ अर्ब सहायता स्वीकार गर्ने सरकारको निर्णय

चीनले दिने १६ अर्ब सहायता स्वीकार गर्ने सरकारको निर्णय

सरकारले चीन सरकारबाट प्राप्त हुने एक अर्ब युआन आर्थिक सहायता स्वीकार गर्ने भएको छ ।

बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले चीनले दिने एक अर्ब युआन अर्थात् करिब १६ अर्ब ८० करोड रुपैयाँ सहायता स्वीकार गर्ने निर्णय गरिएको जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका उपरथी गौरव तण्डुललाई रथीमा, प्राविधिक सहायक रथी डा. सुनिलकुमार सिंहलाई प्राविधिक उपरथीमा बढुवा गरेको छ ।

अन्य पाँच जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नती गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

प्रकाशित समय ०८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु