गृहपृष्ठ एएफसी यू–१९ : नेपाल अष्ट्रेलियासँग भिड्दै
एएफसी यू–१९ : नेपाल अष्ट्रेलियासँग भिड्दै
एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा आज नेपालले अष्ट्रेलियाको सामना गर्दैछ ।
खेल म्यानमारको मन्डालाथिरी स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । दोस्रो चरणको खेलका लागि नेपाली टोलीले दुई दुई मैत्रीपुर्ण खेल खेलेको थियो । नेपालले चीनको छेन्दु प्रान्तको टोलीसँग पहिलो खेलमा ३–० को हार र दोस्रो खेलमा १–१ को बराबरी निकालेको थियो ।
दुई महिनाको प्रशिक्षण पश्चात नेपाली युवा टोली म्यानमार पुगेको हो । प्रशिक्षक हरिओम श्रेष्ठले तयारी राम्रो रहेका कारण अष्ट्रेलियासँग डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।
फिफा वरीयतामा अष्ट्रेलिया छैंटौ तथा नेपाल १०३औं स्थानमा छन् । नेपालले समुह ‘ए’ अन्तर्गत २८ अप्रिलमा उज्वेकिस्तान र ३० अप्रिलमा घरेलु टोली म्यानमारसँग खेल्नेछ ।
समूहका शीर्ष दुई टोली एएफसी च्याम्पियनसिपमा छनोट हुनेछन् । नेपाल थाइल्याण्डमा सम्पन्न पहिलो चरणमा उपविजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।
प्रकाशित समय ०८:३५ बजे

















