गृहपृष्ठ सिमरा उद्योग वाणिज्य संघको टोली बुटवलमा

सिमरा उद्योग वाणिज्य संघको टोली बुटवलमा

जीतपुर सिमरा उद्योग वाणिज्य संघबाट औद्योगिक भ्रमणमा आएको टोलीले बुटवल क्षेत्रको औद्योगिक व्यवसायीक अवस्थाबारे जानकारी लिएको छ ।

संघका अध्यक्ष सञ्जय कुमार शाहको नेतृत्वमा बुटवल आएको टोलीलाई बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले स्वागत गरे । रुपन्देही र बाराको औद्योगिक व्यवसायीक अवस्था, सचिवालय व्यवस्थापन, प्रदेश तथा स्थानीय सरकारसँगको सम्बन्ध र सहकार्य लगायतका विषयमा उद्योगीहरुबीच छलफल भएको थियो ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हमालले भैरहवामा बन्दै गरेको गौतम बुद्ध अन्र्तराष्टिय विमानस्थल र निजगढमा निर्माणको प्रक्रिया सुरु हुन लागेको विमानस्थलले दुबै स्थानको आर्थिक विकासमा ठुलो टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

जीतपुर सिमराका अध्यक्ष शाहले तराईको जिल्ला भएर पनि आर्थिक विकासमा फट्को मार्न नसकेपनि अहिले केही आशा पलाउन थालेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले औद्योगिक व्यवसायिक भ्रमणले संस्थागत सम्बन्ध र व्यवसाय विस्तार तथा सचिवालय व्यवस्थापनलाई बलियो बनाउने बताए ।

प्रकाशित समय ०८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु