गृहपृष्ठ कुष्ठरोगीलाई कानुनमै विभेद : अधिकारकर्मी
कुष्ठरोगीलाई कानुनमै विभेद : अधिकारकर्मी
नयाँ संहिताले कुष्ठरोगीलाई विभेद गरेको शुक्रबार विराटनगरमा भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
एशोसिएसन फर आइडिया नेपालको आदर्श र नीति कुष्ठ प्रभावित व्यक्तिहरुको आत्मसम्मान र प्रगति बिषयक छलफल कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
एशोसिएसनका प्रदेश नम्बर ३ का महासचिव तारानाथ सिग्देलले नयाँ संहिताले कुष्ठरोग यदि श्रीमानलाई लागे श्रीमतीले पारपाचुके दिन पाउने र श्रीमतीलाईलागे श्रीमान्ले दिन पाउने ऐन आएको भन्दै सो दफा तत्काल संशोधनको माग गरे ।
यस्तै देवानी संहिताको दफा ७१ को २– ग मा कुष्ठरोगी भएकोलाई विवाह गर्नु या गराउनु हुदैन भनेर उल्लेख भएको भन्दै उनिहरुले आपत्ति जनाएका छन् ।
एशोसिएसनका कन्ट्री डाइरेक्टर शोभाकर कँडेलले अहिलेको कानुन कुष्ठप्रभावितका लागि विभेदपूर्ण रहेको बताए । उनले हाल नेपालमा ३ हजार २ सय कुष्ठरोगी रहेको जानकारी दिए ।
प्रदेश नम्बर १ मा झापा, मोरङ र उदयपुरमा बढी मात्रामा कुष्ठ प्रभावित रहेको पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयका क्षयकुष्ठ अधिकृत ध्रुव उराँवले जानकारी दिए ।
प्रदेश सांसद केदार कार्कीले विभेद कानुनका बारेमा सदन र सम्बन्धित ठाँउहरुमा आवाज उठाउने बताए ।
प्रकाशित समय ०९:१९ बजे

















