गृहपृष्ठ गुडिरहेको ट्रकबाट खस्दा १ जनाको मृत्यु

गुडिरहेको ट्रकबाट खस्दा १ जनाको मृत्यु

accident-newskarobar

सिन्धुपाल्चोकको मेलम्चीबाट नवलपुर जाँदै गरेको ट्रकबाट खस्दा १ जनाको मृत्यु भएको छ ।

बा४ख ७०१८ नम्बरको ट्रकबाट खस्दा इन्द्रावती–४ का ६४ वर्षीय शुरबहादुर तामाङको मंगलबार मृत्यु भएको हो । ट्रकको बडीमा बसेर जन्तीबाट घर फर्कने क्रममा खसेर तामाङको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय १०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु