गृहपृष्ठ एनआईसी एसिया र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता
एनआईसी एसिया र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता
एनआईसी एसिया बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भाटभटेनी मनी ट्रान्सफरका प्रबन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरेका छन् ।
स्वदेश तथा विभिन्न मुलुकबाट आएको विप्रेषण रकम बैंकका देशभर रहेका २८२ शाखा कार्यालय र ४० वटा एक्सटेन्सन काउण्टरबाट भुक्तानी पाउने गरी दुई संस्थाबीच सम्झौता भएको हो ।
प्रकाशित समय १०:३६ बजे

















