गृहपृष्ठ ट्रकबाट खसेर एकको मृत्यु
ट्रकबाट खसेर एकको मृत्यु
सांकेतिक तस्बिर ।
सिन्धुपाल्चोकमा आइचर ट्रकबाट खस्दा एकको मृत्यु भएको छ । मंगबार साँझ मेलम्चीबाट नवलपुर जाँदै गरेको बा ४ ख ७०१८ नम्बरको आइचर ट्रकबाट खस्दा इन्द्रावती–४ का ६४ वर्षीय शुरबहादुर तामाङको मृत्यु भएको हो ।
आइचरको पछाडि बसेर जन्तीबाट घर फर्कने क्रममा खसेर तामाङको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।
सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
प्रकाशित समय ११:४१ बजे

















